
काठमाडौं । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुंगा पल्टिएको छ ।
बिहीबार क्षमता भन्दा बढी विद्यार्थी बोकेर नदी तर्दै गरेको डुंगा पल्टिएको प्रहरीले जनाएको छ ।
सात जनाको क्षमता भएको डुंगामा २५ जना विद्यार्थी बोकेर नदी पार गर्न खोज्दा ओभर लोडका कारण पल्टिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिनुभयो ।
दाङको लमही नगरपालिका–९ तरुलियाबाट डुंगा चढेर राजपुर गाउँपालिका–७ मा रहेको विद्यालय जादै थिए । डुंगा पल्टिए पनि विद्यार्थी सबैको सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्