
बैतडी । बैतडीमा एक जोडी युवा-युवतीसँगै एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका-५ का २१ वर्षीय केशव दमाइ र १८ वर्षीय रमिता बिक रहेकाे बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । उनीहरू दुवै जना चिउरीको रुखको एउटै हाँगोमा झुण्डिएको अवस्थामा भेटिएकाे उहाँले बताउनुभयाे ।
मृतक दुवै जनाको शव परीक्षणका लागि शुक्रबार जिल्ला अस्पताल लाने तयारी भएकाे उहाँले बताउनुभयाे । उनीहरु दुवै जना अविवाहित रहेकाे र प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीकाे अनुमान छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्