
काठमाडौं । पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन् ।
पुरानै परम्परागत हरेरी पूजा गर्दै अएका थारु समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका हुन् ।
धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गर्छन् । धान रोपाइँ सकेको केही दिनपछि पश्चिम तराईका थारु समुदायमा गाउँभरका मानिसले रकम संकलन गर्छन् ।
संकलन भएको रकमले पूजा समग्री किन्ने र देवी देवतालाई चढाउनका लागि मिठाई किनेर देवी माताका जनावर र देवी, देवताहरुको मूर्ति बनाएर पूजा गर्ने चलन छ । हरेरी पूजा गरेपछि धान उत्पादनमा वृद्धि र धानमा किरासमेत नलाग्ने जनविस्वास रहेको स्थानीयको विस्वास छ ।
हरेरी पूजा गर्दा उत्पादनमा वृद्धि हुनुका साथै रोगव्याधी नलाग्ने थारु समुदायको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्