१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जबर्जस्ती करणी गर्न खोज्ने अभियुक्त छुटाउन राजनीतिक दलका नेताको दवाब


7.553k
Shares

काठमाडौं । आफ्नै भतिजी बुहारीलाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा प्रक्राउ परेका रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं व्यवसायी पवन कठायतलाइ छुटाउन राजनीतिक दलका लागि परेका छन् ।

खासगरी रामेछापका केही एमाले जिल्ला नेताहरुले आरोपी पवन कठायतलाइ रिहा गराउन र पीडित भतिजी बुहारी बिनु यादबलाइ सहयोग नगर्न भन्दै एमालेको शीर्ष नेतृत्वसँग हार गुहार गरेको श्रोतले बताएको छ ।

कठायतले बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडीनजिकैको आफ्नै घरमा जबर्जस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध बिनुले गत साउन १५ गते रामेछाप प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीमा जाहेरी परेको थाहा पाएपछि फरार रहेका कठायतलाई गत बुधबार रामेछाप प्रहरीले सदरमुकाम मन्थलीबाट पक्राउ गरेको थियो ।

सञ्चार माध्यमको चर्को दबाब पछि फरार कठायतलाई मन्थलीबाट प्रहरीले पक्राउ गरेको हो । तर उनले भने प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न प्रहरीसमक्ष आफै उपस्थित भएको दाबी गर्दै आएका छन् ।

पीडित बिनुले कारवाही पूरा नगरी नेताको दवाबमा अभियुक्त कठायतलाई छोड्ने गल्ती प्रहरीले गरेमा आफू प्रहरी प्रधान कार्यालयको मूल ढोका अगाडि आत्मदाह गर्न पछि नपर्ने बताएकी छिन । बिनुलाई काका ससुरा कठायतले २०७९ बैशाख ७ गते जवर्जस्ती करणी गर्न प्रयास गरेका थिए। बिनु आफ्नै श्रीमान प्रदीप कठायतबाट पीडित महिला हुन् । पवन र प्रदीपलाई जोगाउँन प्रदीपका मामा पर्ने प्रहरी नायव उपरीक्षक सुरज कार्की पनि लागि परेका बिनुको भनाई छ ।