
सोलुखुम्बु । अफ सिजनमा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या यस वर्ष वृद्धि भएको छ ।
विगतका वर्षहरुमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढी रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।
गत वर्ष यही समयमा दैनिक २/३ जना मात्र विदेशी पर्यटक आउने गरेको खुम्बु क्षेत्रमा अहिले दैनिक १२/१४ जनासम्म भित्रिरहेको निकुञ्जको तथ्यांक छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीका अनुसार अहिले दैनिक रुपमा तीन वटासम्म हवाई उडान हुने गरेको छ भने हेलिकोप्टरले समेत दैनिक दुई दर्जन भन्दा बढी उडान गर्ने गरेको छ । खुम्बुमा विशेष गरी वर्षको दुई सिजनमा पर्यटकको चाप हुने गर्दछ ।
‘स्प्रिङ’ सिजनका रुपमा वैशाख, जेठ, असार र अटम सिजनका रुपमा असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटीकय सिजनका रुपमा मानिन्छ । सिजनमा पर्यटकले भरिभराउ हुने सो क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्