
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा जी २० सम्मेलनमा सहभागी हुने भएका छन् ।
दुवै जना राष्ट्रपति बालीमा हुने जी २० सम्मेलनमा सहभागी हुने तयारीमा रहेको इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलले पुष्टि गर्नुभएको हो । सोही सम्मेलनमा दुवै जना राष्ट्रपति सहभागी हुने विषयमा औपचारिक पुष्टि भएको यो पहिलो पटक हो ।
रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि युद्ध सुरु गरे यता र ताइवानलाई लिएर तनाव उत्कर्षमा पुगेका बेला हुन लागेको यो पहिलो विश्वव्यापी सम्मेलन हो । यो सम्लेनमा विभिन्न राष्ट्रका नेताहरुको सहभागिता रहने भएको छ ।
प्रतिक्रिया दिनुहोस्