
एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा यतिबेला आफ्नो फिल्म ‘लाइगर’ को प्रमोशनमा व्यस्त छन् ।
हालै विजय आफ्नो फिल्मको प्रमोशनका लागि हैदरावाद पुगेका थिए । त्यहाँ पत्रकार भेटघाटका क्रममा पत्रकारसँग कुरा गर्दै उनले खुट्टा टेबुलमा राखे । अहिले यही विषयलाई लिएर विवाद उत्पन्न भएको छ । यसमा विजयले आफ्नो भिडियो सेयर गर्दै वास्तविकता के भएको हो भन्ने कुरा खुलाउने प्रयास गरेका छन् । उनी गत हप्ता हैदराबाद पुगेका थिए । पत्रकार सममेलनका क्रममा एक पत्रकारले उनलाई आफ्नो फिल्म ‘ट्याक्सीवाला’ को समयमा उनीसँग खुलेर कुराकानी गरेको जानकारी दिए । पत्रकारसँग कुराकानी गर्ने क्रममा विजयले टेबलमा खुट्टा राख्दै भने, ’खुल्लै कुरा गरौं।’ विजयको यो कुरा सुनेर सबै हाँसे । तर, यसलाई कसैले सहज रुपमा लिएनन् र विजयलाई मनोवृत्तिमा समस्या भएको खबर बाहिर आयो । यस्तो अवस्थामा विजयले एक ट्वीट मार्फत हल्ला र विवादको जवाफ दिएका छन् ।
उनले लेखेका छन्, ‘जब कोही अगाडि बढेको देखियो, तब उसलाई निशाना बनाइन्छ । तर हामी लडिरहनेछौं । यदि तपाईं आफैं इमान्दार हुनुहुन्छ र सबै भन्दा राम्रो चाहनुहुन्छ भने, तब परमेश्वर र मानिसहरूको प्रेमले तपाईंलाई समर्थन गर्नेछ ।’ फिल्म ‘लिगर’ को कुरा गर्ने हो भने यसमा विजयको साथमा अनन्या पाण्डे र राम्या कृष्णन देखिदैछन् । फिल्म एक बक्सरको बारेमा बनाइएको छ । चर्चित बक्सर माइक टाइसन फिल्ममा विजयको ट्रेनरको भूमिकामा देखिनेछन् । यो हिन्दीका साथै तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा पनि रिलिज हुनेछ ।
‘लाइगर’ लाई पुरी जगन्नाथले निर्देशन गरेका हुन् । योसँगै चार्मी कौर र करण जोहरले पुरीसँग मिलेर निर्माण गरेका छन् । यो एक्सन फिल्म २५ अगस्ट २०२२ मा हलमा रिलिज हुने तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस्