
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिताको सुरुका खेल गुमाउने भएका छन् ।
वेस्ट इन्डिज क्रिकेटको आयोजनामा हुन लागेको द सिक्स्टीका लागि सन्दीप जमैका तालाबाजमा आबद्ध रहेका थिए । द सिक्स्टी क्रिकेट भदौ ९ गतेबाट सुरु हुँदैछ ।
यसै समयमा नेपालले केन्याविरुद्ध सिरिज खेल्ने छ । नेपालले ५ खेलको टी–ट्वान्टी तथा ३ खेलको एकदिवसीय सिरिजका लागि केन्या भ्रमण गर्दैछ । सन्दीप ५ टी–ट्वान्टी सिरिज सकेर मात्र वेस्ट इन्डिज जाने छन् ।
सिरिजका लागि नेपाली टोली भदौ ७ गते केन्या पुग्ने तालिका छ । नेपालले घरेलु टोलीसँग सुरुआतमा टी–ट्वान्टी सिरिज खेल्ने छ । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्ने छन् ।
प्रतिक्रिया दिनुहोस्