
स्याङजा । सिद्धार्थ राजमार्गको विभिन्न ठाउँमा भत्किएको सडक लामो समयसम्म मर्मत नहुँदा यात्रा कष्टपूर्ण बन्दै गएको छ ।
सडकको बीचबीचमा परेका ठूला ठूला खाडल र त्यसमै जमेको हिलोका कारण यात्रुहरु कष्टपुर्ण यात्रा गर्दै गन्तव्यमा पुग्ने गरेका छन् ।
सडक स्तरोन्नतीका नाममा हरेक वर्ष करोडौँ रुपैयाँ खर्च हुन्छ तरबाटोको अवस्थामा भने कुनै परिवर्तन आउनसकेको छैन ।
सरोकारवालाहरुको बजेट खर्च गर्ने ध्यान सडकमा नै भएको पाईन्छ तर सिद्धार्थ राजमार्गको अवस्थामा भने कुनै परिवर्तन नहुदा यात्राकष्टकर बन्दै गएको छ ।
छिटै काम सकेर घर फर्कने योजना सहित हिडेका यात्रुहरु बिजोग अवस्थाको सडक कै कारण समयमा काम समेत गर्न सकिरहेका छैनन् । सडकमा जमेको हिलो हटाउने गरी खाल्डाहरु पुरिदिएमात्रै पनि यात्रामा सहज हुने यात्रुहरुको गुनासो छ ।
सडकको बीचमा खाल्डाखुल्डी छन् भने पिच पनि भत्किएको छ ।
स्याङजाको कुभिन्डेदेखि राम्दीसम्म ८० किलोमिटर रहेको यो सडक खण्डको मर्मतका लागि वर्षेनी लाखौं रकम खर्च हुँदा पनि सडकको दुराअवस्था सुध्रिएको छैन् ।
प्रतिक्रिया दिनुहोस्