१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पशुलाई सुत्केरी भत्ता वितरण गर्ने !


91
Shares

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिकाले पशुलाई सुत्केरी भत्ता वितरण गर्ने भएको छ । नगरपालिकाले श्रावण १ गते देखि सुत्केरी भएका पशुहरु (गाई, भैसी) लाई दुई हजारका दरले सुत्केरी भत्ता दिने भएको हो ।

जिल्ला सदरमुकाम सिन्धुलीमा अवस्थित कमलामाई नगरपालिकाको पशु शाखाको आर्थिक बर्ष २०७९/८० को स्वीकृत सुत्केरी खाद्यन्न सहयोग कार्यक्रमअन्तर्गत नगरपालिका कृषि समितिको साउन २० गतेको बैठकको निर्णय अनुसार श्रावण १ गते देखि सुत्केरी भएका पशुहरुलाई प्रतिपशु २ हजारका दरले सुत्केरी भत्ता दिन लागेको नगरपालिकाले जनाएको छ ।

कमलामाई नगरपालिकाले नगर क्षेत्रका पशुपालक किसानहरुलाई एक सुचनाजारी गर्दै पशु सुत्केरी भत्ताका लागि निवेदन, नेपालीनागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस, पशु बीमा अभिलेखको प्रतिलपि र कृषक, सुत्केरी पशु र बाच्छा पाडाको एकै ठाउमा बसेको प्रष्ट बुझिने फोटो माग गरेको छ ।

सो बमोजिम आएका निवेदनका आधारमा सुत्केरी भत्ता वितरण दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।