२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


अंग्रेजलाई युद्धमा हराएको सम्झनामा सिन्दुरजात्रा सहित भगवती रथयात्रा


481
Shares

पाल्पा । नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको छ । कोभिडका कारण विगत दुई वर्ष औपचारिकता पुरा गर्न मात्र सामान्य रुपमा निकालिएको रथ यात्रा यस पटक भने हर्सोउल्लासका साथ २ सय ४ औं भगवती रथ निकालिएको छ ।

पाल्पाली प्रशासकको रुपमा कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं. १८७१/०७२ मा बुटवलको जीतगढीमा भएको अंग्रेजसँंगको युद्धमा विजय हासिल गरेको थियो । यहि सम्झनामा वि.सं.१८७७ देखी निरन्तर रुपमा प्रत्येक वर्ष पाल्पामा विजय उत्सव मनाउने परम्परा चल्दै आएको छ ।

घरेलु हात हतियार, सेनाको संख्या कम भएको अवस्थामा समेत बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर ंिसहं थापाले युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए । दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा बिजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखी १८७६ सम्म मन्दिर निर्माण गरी भगवती जात्रा मनाउन थालिएको हो । विजय उत्सव प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन भगवतीको जात्राको सञ्चालन हुँदै आएको छ ।

यस जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ । अंगे्रज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जितगढी विजय गरेको इतिहास छ । ‘यसवर्षको जात्रामा हजारौ भक्तजनहरु रथ यात्रामा सहभागिता जनाएका थिए । जिल्लाका सरकारी कार्यालयहरु, संघसंस्था, समूहहरु सबै रथयात्रासँगै सदरमुकाम तानसेन परिक्रमा गरेका थिए । रथ यात्रालाई भजनकिर्तन, पञ्चेबाचा, सहितको साँस्कृतिक झाँकी ¥यालीले तानसेन नगर परिक्रमा गराइएको थियो । जात्रामा सहभागिताका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही , काठमाडौं लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा आएका थिए ।

राष्ट्रिय विरतासँग जोडिएको भगवती जात्राका दिन लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक विदा समेत दिदै आएको छ ।