
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति एकपटक र प्रधानमन्त्री दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।
महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राख्नुभएको हो । शनिबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले राजनीतिलाई सिंहदरबारबाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटक–पटक दिन नहुने तर्क गर्नुभयाे ।
उहाँले राजनीतिलाई दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने पनि बताउनुभयो । दलहरुले आ–आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एक–अर्काप्रति दुश्मनी साँध्ने गरी अभिव्यक्ति दिन भने नहुने उहाँले बताउनुभयो ।
युवाहरुको लागि लोकतन्त्र र विकास अनिवार्य रहेको र त्यसका लागि मुलुकमा काम भइरहेको दावी समेत उहाँले गर्नुभयो । उहाँले जनताको सेवाको कामलाई सहज बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता रहेकाे बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्