१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका केही स्थानमा मध्यम वर्षाकाे सम्भावना


182
Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ।

आज (आइतबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, प्रदेश-१ र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुनेछ । अन्य प्रदेशमा भने आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।