
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ तलुवाको दूधकोशी करिडोर क्षेत्रमा सरिफा खेतीलाई प्रबर्द्धन गरिने भएको छ ।
सुख्खा ग्रस्त यस क्षेत्रका किसानको जीविकोपार्जनमा सहयोग पुर्याउन सरिफा खेती गरिने भएको हो । सरिफा खेतीका लागि सिद्धिचरण नगरपालिकाले किसानलाई सहयोग गर्ने भएको छ ।
सुख्खा तथा तापक्रम सहने, रोगकिरा नलाग्ने र अनुत्पादक जग्गामा समेत रोपेर लाभ लिन सकिने भएकाले सरिफा खेतीलाई प्रबर्द्धन गर्ने तयारी गरिएको सिद्धिचरण नगरपालिका कृषि शाखाका नायब प्राविधिक सहायक वीरेन्द्र तामाङले बताउनुभयो ।
यसवर्ष सरिफाका बेर्ना तयार गर्ने र आगामी वर्ष किसानलाई हस्तान्तरण गर्ने तयारी नगरपालिकाले गरेकाे छ । नगरपालिकाले तलुवा क्षेत्रमै सुख्खा सहने मोरिंगा खेतीको समेत प्रबर्द्धन गर्ने योजना समेत बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्