
सर्लाही । भदौ महिनामा नै चैत र वैशाखको जस्तो बतास चल्न थालेपछि बुढापाका पिरोलिन थालेका छन् ।
केही दिनदेखि तराई मधेशका जिल्लामा बतास चल्दै आएको हाे । लगातार साँझ बिहान यस्तो बतास चल्ने र दिउँसो प्रचण्ड घाम लागेपछि केही दिनभित्रै जमिन रुखिएर तात्नेक्रम बढेको छ ।
भदौमा दिउँसभरी बादलले ढाकेर हप्प गर्मी भएकाे छ । साँझ भएपछि पानी पर्ने गरेको यहाँका किसान बताउँछन् । केही वर्ष पहिलासम्म भदौमा पूर्वउत्तर कोणमा कालो सघन बादल देखिएपछि पानी पर्ने गरेको भएपनि यस वर्ष पानी नपरेको जानकारहरूले बताएका छन् । तातो बतासका कारणले मधेशमा लगाएको बाली सुकाएको किसानकाे भनाइ छ ।
भदौमा हुरहुरे बतास चल्नु सामान्यतया खडेरी हुनसक्ने लक्षण भएको कृषि विज्ञहरू बताउँछन । यहाँ मुख्य बाली कोदो, मकै र तरकारीबाली रहेकाे विज्ञहरुले बताएका छन् ।
यद्यपि २/४ दिनको मौसमको लक्षण बदलेर पानी पर्नसक्ने सम्भावना अझै रहने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्