
धनकुटा । धनकुटामा लामो समयसम्म कालाे बंगुुरकाे मासुु र पाठापाठी बिक्री नभएपछि धनकुटाका बंगुुरपालक किसान समस्यामा परेका छन् ।
मासुु र पाल्नका लागि तयार बंगुरका पाठापाठीको बिक्री वितरण ३ महिना यता ठप्प जस्तै भएकाे हाे । यहि समयमा ब्यापारीहरुले बंगुरको दानामा ३० प्रतिशतसम्म मूल्य वृद्धि गरेका छन् ।
किसानको बंगुर बिक्री भएकाे छैन् ऋण गरेर व्यवसाय सुरु गरेका साना किसान लाई समस्या भएकाे बंगुर व्यवसायी संघ धनकुटाका अध्यक्ष रुजन राईले बताउनुभयाे । व्यावसायमा ठूलो लगानी गरेका लगानी कर्ताको लगानी जोखिममा परेकाे उहाँकाे भनाइ छ ।
भेटेनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र धनकुटाले यो समस्या प्रदेश- १ भरीकै भएकाले धनकुटाबाट मात्र समस्या समाधान गर्न नसकिने जनाएकाे छ । तर समस्या समाधान गर्न पहल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्