१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बझाङमा चरेस नियन्त्रण गर्न प्रहरीले गाजा खेती नष्ट गर्दै

लागू औषधसहित १९ जना पक्राउ, ५ जना फरार

104
Shares

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले जिल्लाका विभिन्न ठाउँमा चरेस र भाङ उत्पादनका लागि लगाएको गाजा खेती नष्ट गर्ने अभियान सुरु गरेकाे छ ।

गाजा खेतीबाट चरेस, गाजा, उत्पादन हुने भएका कारण खेतबारीमा लगाएको गाजा नष्ट गर्न सुरु गरिएको हो । जिल्लाको, थलारा गाउँपालिका, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका, केदार स्यू गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकालगायतका स्थानीय तहमा लगाएको र आफै उम्रिएको गाँजालाई प्रहरीको टोली, स्थानीय बासिन्दा तथा जनप्रतिनिधि मिलेर नष्ट गरिएको छ ।

जिल्ला भरी करिब १० रोपनी जग्गामा उम्रिएका र लगाएका गाजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म लागू औषध चरेससहित १५ जना पुरुष ४ जना महिला गरी जम्मा १९ जना कारबाहीमा परेका छन् ।

४ जना पुरुष १ जना महिला ५ जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।