९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थपिए २८६ जना कोरोना संक्रमित


52
Shares

काठमाडौं । नेपालमा थप २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४२३ जनामा गरिएको परीक्षणमा २८६ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १३६ जना छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४७९ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित कसैको पनि मृत्यु भएको छैन । कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९९२ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३४८ रहेको मन्त्रालयले जनाएको छ ।