२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लुम्बिनीमा काटिएको बोधिवृक्ष ‘टिस्यु कल्चर’ प्रविधिबाट शताब्दी पुरुष जोशीको घरमा हुँर्किदै


4.862k
Shares

काठमाडौं । भगवान बुद्धको जन्मस्थल लुम्बिनी बगैंचामा रहेको बोधिवृक्षलाई धार्मिक रुपमा विशिष्ट रुपमा लिने गरिन्छ । विगतमा लुम्बिनी बगैंचामा रहेको मायादेवी मन्दिरको उत्खनन् सँगै काटिएको बोधिवृक्ष टिस्यु कल्चर प्रविधिमार्फत शताब्दी पुरुष सत्यमोहन जोशीको घरमा हुर्काइएको छ ।

तथागत गौतम बुद्धको जन्मस्थल लुम्बिनी बगैंचाको मायादेवी मन्दिरमा बोधिवृक्ष थियो । विगतमा मन्दिरको उत्खनन् र संरक्षण गर्ने क्रममा सो बोधिवृक्षको रुख मासियो । आध्यात्मिक महत्व बोकेको कारण बोधिवृक्षलाई पछि पुनःजीवन पनि दिइयो । मायादेवी मन्दिरसँग आध्यामिक र ऐतिहासिक सम्बन्ध रहेको बोधिवृक्षलाई बचाउन नेपाल वायोटेक नर्सरीले प्रयास गर्यो । काटिएको पिपलको रुख बोधिवृक्षबाट आधुनिक टिस्यु कल्चर प्रविधिमार्फत नयाँ विरुवा निकालियो । टिस्यु कल्चर प्रविधिबाट निकालिएको विरुवा मध्य एउटा विरुवा शताव्दि पुरुष सत्य मोहन जोशीको आँगनमा हुर्किरहेको छ । नर्सरीले दिएको विरुवा सन् २०१६ मा जोशीले घरको आँगनमा रोप्नुभएको थियो ।

जयबागेश्वरीमा रहेको भगवान बुद्ध जन्मिएको मायादेवीको मुर्तिको प्रतिरुप समेत आँगनमा स्थापना गरेर बोधिबृक्षालाई हुर्काइएको छ । हाल आँगनमा बोधिवृक्ष झाँगिएर ठुलो भइसकेको छ । बोधिवृक्ष झाँगिदै जाँदा १०३ वर्षिय शताब्दि पुरुष जोशीको मन शान्त भएको छ । बोधिवृक्षको हुर्काइले जोशीको मन शान्ति मात्र भएन शुन्यवादको अनुभुति पनि गराएको छ । उहाँ भन्नुहुन्छ जीवन र जगत शून्यवाद रहेछ, चर्या चाहीं मनुष्यले गरि रहनुपर्ने रहेछ । मेलै अनुभुत गरेको शून्यवादी दर्शनको ज्ञान पनि सबैलाई बाँडन चाहेको बताउनुहुन्छ ।

आँगनमा हुर्किरहेको बोधिवृक्षलाई हेर्दै गर्दा जोशीको मनमा अर्को विरुवा निकालेर लुम्बिनी विकास कोषलाई हस्तान्तरण गर्ने इच्छा पलाए छ । बोधिवृक्ष बिहीन लुम्बिनी बगैचामा वृक्ष पुनस्थापना गर्ने उहाँको चाहना छ । आफ्नो बासलाई भगवान बुद्धको प्रभाव सँग जोड्न चाहनु भएका जोशीले बोधिवृक्षसँगै आँगनमा दुई वटा बौद्ध थुर स्तुपा समेत स्थापना गर्नुभएको छ । बौद्ध थुरलाई पनि प्राकृतिक स्वरुपमा रुप दिइएको छ । स्तुपा, मायादेवीको मूर्ति र वृक्षमा कर्मकान्डी पुजाआजा भन्दा पनि सबैलाई शान्ति प्राप्ति होस भन्ने उहाँको इच्छा छ ।

जोशीले जीवन र जगत प्रति आफनै भोगाई र अनुभव रहयो। अबको दिन पनि चर्यालाई निरन्तरता दिएर शून्यवादी दर्शन सँग साक्षात्कार हुन चाहेको बताउनुहन्छ । आध्यामिकताको प्रतिकको रुपमा लिइने बोधिवृक्ष जस्तो सम्पदालाई विश्वमा थप प्रचार प्रसार र व्यापकता दिन आवश्यक देखिन्छ ।