
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थान भन्दा दक्षिण दिशामा अवस्थित रहेको छ।
आज (सोमबार) बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका अन्य प्रदेशमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार दिउँसो भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका अन्य प्रदेशमा भने आंशिक बदली हुने भएको छ । त्यस्तै, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सोमबार राति भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । बाँकी प्रदेशमा भने आंशिक बदली हुनेछ ।
त्यस्तै, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्