१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छथर गाउँपालिकाले गर्भवती महिलालाई मासिक १ हजार पोषण भत्ता दिने


65
Shares

तेह्रथुम । छथर जोरपाटी गाउँपालिकाले गर्भवती महिलालाई मासिक १ हजार रुपैयाँ पोषण भत्ता दिने भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समावेश गरेर गर्भवती महिलालाई पोषण भत्ता दिने निर्णय भएकाे गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनुभएकाे हाे । यो कार्यक्रमले आर्थिक रुपमा विपन्न परिवारका गर्भवती महिलाले राहत पाउने उहाँले बताउनुभयाे ।

गर्भवती महिलाले ८ पटकसम्म गर्भ जाँच गराएपछि एकमुष्ट ९ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष सुब्बाले बताउनुभयाे ।