
एजेन्सी । अमेरिका र दक्षिण कोरियाले आजबाट संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।
यो सैन्य अभ्यासलाई सन् २०१८ पछिकै सबैभन्दा ठूलो अभ्यासको रुपमा हेरिएको छ । दुई देशबीचको सैन्य अभ्यासले आणविक हतियार बढाइरहेको उत्तर कोरियालाई थप चिढाउने अनुमान गरिएको छ ।
अमेरिका दक्षिण कोरियाको प्रमुख सुरक्षा सहयोगी हो । आणविक हतियार सहितको छिमेकीबाट दक्षिण कोरियालाई सुरक्षा दिन करिब २८ हजार ५ सय सैनिक तैनाथ छन् । यी दुई देशले लामो समयदेखि संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । जसलाई विशुद्ध रूपमा रक्षात्मक भएको बिश्लेषण गरिएको छ ।
उत्तर कोरियाले उक्त अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रुपमा हेर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्