३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा ७ अंकले गिरावट


91
Shares

काठमाडौं । सोमबार पनि शेयर बजारमा करेक्सन जारी रह्यो ।

उतार चढावबीच यस दिन पनि बजार परिसूचक नेप्से ७ अंक बढीले नै ओरालो लागेर २ हजार ५३ मा आएर थामियो ।

आइतबार पनि ७ अंकको गिरावट आएर नेप्से २ हजार ६० कायम भएको थियो । सोमबार पनि पटक पटक नेप्से सकारात्मक रहे पनि अन्तिममा ऋणात्मक नै रहेर थामिएको हो ।

आइतबार २ अर्ब माथिको कारोबार भएकोमा आज थप खुम्चियो । यस दिन मात्र सामूहिक लगानी कोष नगन्य अंकले रातो रहे बाहेक अरु सबै समूह रातो रहे । यस दिन सबैभन्दा उच्च निर्जीबन बीमा समूह ४७ अंकले घट्दा अरु अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे ।

सोमबार दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २२ कम्पनीको ५२ लाख ३० हजार कित्ता शेयर जम्मा १ अर्ब ७२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय २४ कम्पनीको मूल्य घट्दा जम्मा ४७ को बढ्यो । घटेको बजारमा पनि अपर हेवाखोला र मन्दाकिनी हाइड्रोका लगानीकर्ता भने मालामाल रहे । दुबै कम्पनीको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो ।