२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कार्यकर्तालाई उच्च मनोवलका साथ काम गर्न अध्यक्ष थापाको निर्देशन


455
Shares

झापा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कार्यकर्तालाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिनुभएको छ ।

झापाको बिर्तामोडमा सोमबार जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अनेकौं प्रतिकुलता र असहजताका बीच पार्टी गु्रजीरहेको भन्दै सबै अप्ठ्योरोलाई चिर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय उपाध्यक्ष लाक्पा तामाङ , महामन्त्री सुशील श्रेष्ठलगायतले राप्रपाले खडा गरेको चुनौतिको सामना गरेर अघि बढ्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो ।