१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाली क्रिकेट टोली केन्या प्रस्थान


13
Shares

काठमाडौं । सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली क्रिकेट टोली केन्या प्रस्थान गरेको छ ।

पाँच ट्वान्टी-२० र ३ एक दिवसीय सिरिजका लागि केन्या भ्रमण गर्न लागेको नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको हो ।

राजधानीमा सोमबार एक कार्यक्रम गरेर अन्तर्राष्ट्रिय भ्रमणमा निस्किन लागेको टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतले बिदाई गर्नुभएको हो । अहिलेको अवस्थामा नेपाली टोली कच्चा रहेको बताउँदै वर्षदिन भित्र युवा टोलीले क्रिकेटमा राम्रो नतिजा निकाल्ने छ ।

५ खेलको ट्वान्टी-२० सिरिज भदौ ९ बाट १४ गतेसम्म हुने छ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म आयोजना हुने तालिका रहेको छ । दुवै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । केन्या भ्रमण नयाँ खेलाडी र पुनरागमन गरेका खेलाडीका लागि महत्वपूर्ण रहेको नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बताउनुभयो ।

प्रशिक्षक प्रभाकरको प्रशिक्षणमा खेलमा नयाँपन आएको भन्दै सबै खेलाडी नयाँ शैलीको खेलका लागि उत्साही भएको लामिछानेले बताउनुभयो ।