२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वनमा आधारित उद्योगको राम्रो सम्भावना छ : मन्त्री बडू


91
Shares

काभ्रे । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालमा वनमा आधारित उद्योग स्थापनामा जोड दिनुभएको छ ।

धुलिखेलमा सोमबार नेपाल प्लाईउड उत्पादक संघको २३ औं वार्षिक साधारण सभामा उहाँले वनमा आधारित उद्योगको नेपालमा राम्रो सम्भावना रहेको पनि बताउनुभयो ।

अहिलेसम्म वनको संरक्षण मात्रै भएको भन्दै अब त्यसको उपयोग गर्ने नीति आवश्यक रहेको उहाँले बताउनुभयो । नेपाली उत्पादनलाई प्राथमिकतामा राख्न सकिएन भने मुलुक आर्थिक रुपमा सक्षम नबन्ने पनि उहाँले बताउनुभयो । उत्पादन र उपभोग बढाउनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।