१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकाका सम्पदा हेर्न सिटी बस चलाउने


260
Shares

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको हेर्न ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने बताउनुभयो । उहाँले सोमबार नेपाल व्यवसायी कलाकार संघको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले काठमाडौंका साँस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुने भन्दै सहजताको लागि ‘होप अन हप अफ’ सिटी बस सेवा सञ्चालन गर्ने योजना अघि सारिएको बताउनुभयो ।

उहाँले पर्यटन पुनरुत्थान कार्य योजना अनुरुप स्वयम्भू स्तुपा र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पद यात्रामा जोड्न गरी कार्य अगाडी बढाइएको पनि जानकारी दिनुभयो । उहाँले त्यसका लागि ठेक्का प्रक्रियाको काम समेत सम्पन्न भइसकेको बताउनुभयो । मन्त्री श्रेष्ठले अबका दिनका नेपालभित्र रहेको संस्कृती र सम्पदाहरुलाई आर्थिक आजनसँग जोड्नु पर्नेमा समेत जोड दिनुभयो । उहाँले संस्कृती र सम्पदाहरुलाई संरक्षण गर्ने हो भने त्यसलाई आर्थिक आर्जनसँग जोड्नुपर्ने भन्दै आम्दानी नभई भावनामा मात्रै संस्कृती र सम्पदाहरुलाई संरक्षण सम्भव नहुने बताउनुभयो ।

मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका साँस्कृतिक सम्पदाहरुलाई संरक्षण र संवद्र्धन गर्दै अर्थतन्त्रमा समेत टेवा पुग्ने गरी कार्य योजना अगाडी बढाउन आवश्यक रहेको पनि बताउनुभयो ।