१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हाइटीमा इन्धनको मूल्यवृद्धि विरुद्धको प्रदर्शन उग्र बन्दै

कयौं प्रदर्शनकारी घाइते

169
Shares

काठमाडौं । क्यारेबियन राष्ट्र हाइटीमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा प्रहरीले धरपकड गर्दा कयौं प्रदर्शनकारी घाइते भएका छन् ।

राजधानी पोर्ट ओ प्रिन्समा भेला भएका हजाराैं प्रदर्शनकारीले ठाउँ-ठाउँमा टायर बालेर सडक अवरुद्ध गर्नुका साथै भौतिक सम्पत्ति समेत नष्ट गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । पेट्रोल र डिजेलको अभाव भएपछि सहज आपूर्तीको माग गर्दै प्रदर्शनकारीहरुले प्रधानमन्त्री एरियल हेनरीको राजीनामा समेत माग गरेका छन् ।

हाइटी सरकारले पछिल्लो समय इन्धन अभाव भएपछि इन्धनको जोहो गरेसँगै पेट्रोलियम पदार्थ बिक्री वितरणमा कटौती गरेपछि सर्वसाधारण आक्रोशित बनेका हुन् । हाइटीमा सन् २०२१ को जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि बढेको अराजकता नियन्त्रण बाहिर गएको छ ।

विगमा पनि हाइटीमा हत्या, हिंसा र अपहरणका घटनाहरु भइरहेका थिए ।