
सिन्धुली । सिन्धुलीका सामुदायिक विद्यालयहरुमा दिवा खाजा वितरण गरेपछि विद्यालयमा विद्यार्थीहरुको संख्या दैनिक रुपमा बढन थालेको छ ।
जिल्लाका स्थानीय तह र विद्यालयहरुले सामुदायिक विद्यालयहरुका कम उमेरका छात्र र छात्राहरुलाई लक्षित गरेर दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थीहरुको स्वास्थ्यमा सुधार हुनुका साथै पठन-पाठनको गुणस्तरमा समेत वृद्धि भएको छ ।
सिन्धुलीका दुई नगरपालिका र ७ गाउँपालिका गरी कुल ९ स्थानीय तह मातहतमा रहेका करिब ४ सयको हाराहारीमा रहेका सामुदायिक विद्यालयहरुका प्राथमिक तहमा अध्ययनरत करिब ७ हजार ४ सय बाल बालिकाहरुलाई दिवा खाजाको सुविधाले शैक्षिक गुणस्तर सुधारमा समेत सहयोग पुगेको जनाइएको छ ।
साेही विद्यालयहरुले दिवा खाजाको रुपमा सेलरोटी तरकारी, अण्डा चिउरा र खिर तरकारी लगायतका परिकारहरु आलोपालो गरी खुवाउन थालेका छन् । जसले गर्दा समुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको सहभागिता दर समेत विगतको तुलनामा बढेर गएको जनाइएकाे छ ।
सिन्धुलीका केही स्थानीय तहका विद्याहरुले भने दिवा खाजाको बजेट अभावमा प्राथमिक कक्षाका विद्यार्थीहरुलाई खाजा खुवाउन समस्या हुने गरेको समेत बताउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्