१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बिमा रकमको लोभमा आफ्नै गाडीमा आगजनी, चालक र सहचालक पक्राउ


3.445k
Shares

दाङ । दाङमा विप्लव सम्बद्ध नेकपासहितको चार दलले आयोजना गरेको बन्दको मौका छोपी आफ्नै गाडीमा आगजनी गर्ने चालक र सहचालक पक्राउ परेका छन्।

उनीहरुले बिमा रकमको लोभमा परी आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हाे । घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको हो ।

मंगलबार बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उहाँले बताउनुभयो । गाडी मालिकको पनि खोजी कार्य भइरहेको उहाँले बताउनुभयाे ।

यता नेकपा माओवादी दाङका जिल्ला सेक्रेटरी प्रदिप ओलीले टिप्पर आगजनीमा आफूहरूको संलग्नता नरहेको बताउनुभएको छ ।