१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरीमा प्रहरी र तस्करबीच झडप


0
Shares

काठमाडौं । सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले ३ राउन्ड गोली चलाएको छ ।

तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

कुनै अप्रिय घटना हुन नदिन प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको दावी गरेको छ । घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पु¥याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियोे ।

झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएका प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।