
काठमाडौं । एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा गरेको छ ।
बैंकले हालै महिला सशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आएकाहरुसँग विशेष अन्तरक्रिया आयोजना गरी यस्ता शाखाबारे जानकारी गराएको हो ।
महिलाहरुलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविश्यमा थप टेवा पु¥याउने अपेक्षा बैंकको छ ।
बैंकको प्रदेश एकस्थित टंकिसिनुवारी, मधेश प्रदेशस्थित महोत्तरी, बागमती प्रदेशस्थित बल्खु, गण्डकी प्रदेशस्थित चाउथे, लुम्बिनी प्रदेशस्थित भलवारी, सुदूर पश्चिम प्रदेशस्थित धनगढी शाखा महिला कर्मचारीद्वारा नेतृत्व गरिएको बैंकले जनाएको छ ।
एनएमबी बैंक दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा सर्वोत्कृष्ट बैंकका रुपमा पुरस्कृत भैसकेको छ । बैंकले हाल देशभरी २ सय भन्दा बढी शाखा र १ सय ३८ एटिएमका साथै ११ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्