
काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक आज बुधबार पनि बस्दैछ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बुधबार दिउँसो २ बजे बस्ने लागेको हो ।
मंगलबार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । जसअनुसार जबराले समिति समक्ष यसै साता जवाफ पेश गर्नुपर्ने छ ।
समितिले २९ भदौभित्र जबरामाथि लागेको महाभियोगबारेअध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको हो ।
२०७८ को फागुन १ मा ९८ जना प्रतिनिधि सभा सांसदहरुले जबराबिरुद्ध महाअभियोग दर्ता गराएका थिए । उक्त प्रस्ताव २०७८ फागुन २९ मा प्रतिनिधि सभा बैठकमा पेश भएको थियो । प्रतिनिधि सभाले २०७९ श्रावण २२ मा जबराबिरुद्धको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस्