
काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेका अनाधिकृत संरचना हटाएको छ ।
बुधबार बिहान महानगरपालिका मेयर बालेन्द्र साहको उपस्थितिमा डोजरसहितको टोलीले अनाधिकृत संरचना हटाएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सोही स्थानमा पुगेको छ ।
काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेकाे छ । यो भवन भाडामा लिएकाहरुले अनाधिकृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेका थिए ।
जसका कारण भूमिगत पार्किङमा समस्या थपिएको छ ।
प्रतिक्रिया दिनुहोस्