२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


जनशक्ति नहुँदा आइसीयू-भेन्टिलेटर संचालनमा आउन सकेन


78
Shares

धनकुटा । सरकारले विशेषज्ञ चिकित्सक जनशक्ति ब्यवस्था नगर्दा जडान भएको दुुई वर्षसम्म पनि धनकुटा अस्पतालमा आइसीयू र भेन्टिलेटर संचालनमा आउन सकेको छैन् ।

धनकुटा अस्पतालमा ४ वटा भेन्टिलेटरसहितका १० आइसीयू बेड रहेपनि जनशक्ति नहुँदा संचालनमा आउन नसकेको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोख्रेलले जानकारी दिनुभयो । आइसीयू र भेन्टिलेटर संचालनका लागि कम्तीमा एक-एकजना एनेस्थेजियोलिष्ट र फिजिसियन सहित कम्तीमा ५ जना मेडिकल अधिकृत र ९ जना स्टाफनर्स आवश्यक पर्छ ।

तर ती कुनैपनि प्राविधिक जनशक्ति धनकुटा अस्पतालमा छैनन् । सेवा सुुरु नहुँदा भेण्टिलेटर र आइसियू आवश्यक पर्ने पूर्वि पहाडी जिल्लाका विरामीहरुलाई धरान, झापा, बिराटनगर र काठमाण्डौ सम्म पुु¥याउँनुपर्ने बाध्यता छ ।