१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुदूरमा गौरापर्वको चहलपहल शुरु


169
Shares

डडेल्धुरा । सुदूरपश्चिमको एकताको प्रतिकको रुपमा रहेकोे सांँस्कृतिक र लोकप्रिय चाड गौरापर्व नजिकिदै गर्दा डडेल्धुरामा पनि चहलपहल शुरु भएको छ ।

सुदूरपश्चिमका जनता र विशेष गरि महिलाहरुका लागि जीवनशैलीसंग गांसिएको नारीहरुको महत्वपूर्ण महानचाड गौरापर्वमा भगवान शिबलाई महेश्वर र शक्तिस्वरुपा जगतजननी माता पार्वतीलाई गौराको रुपमा पूजन गरि भाद्र शुक्ल पंचमी देखि एक हप्ता सम्म भव्यताकासाथ मनाइने भएकोले महिलाहरु गौरापूजन सामग्री किनमेल गर्न बजारमा व्यस्त देखिएका छन ।

बैदिककालमा हैहयबंशीका शुरबीरहरुको अत्याचारबाट भृगुबंशीका ब्राह्मणीहरुको अस्तित्व सुरक्षा गर्न देवी उमागौरीको आरधनाको प्रभाबले संकट पार गरेको भन्ने जनश्रुति अनुसार यो पर्व महिलाहरुले शुद्धखानपान, चोखो नयां लुगा लगाई अत्यन्त भक्तिभावले पंचमीका दिन बिधिवत रुपमा प्रसाद राखिएको पांच दालहन अन्नको बिरुडा धुने, सप्तमीका दिन पांच पवित्र घांसको गौरालाई गौरामाताको प्रतिकको रुपमा उपवासका साथ नियमित पूजा गरि धुमधामका साथ मनाउने भएकाले नयाँ लुगा किन्ने, श्रृंगारका सामानहरु किन्ने महिलाहरुले लगाउने पवित्र धागो दुबीधागो किन्ने लगायत आवश्यक गहना बनाउने जस्ता तयारीमा जुटेका छन ।

भगवान शिव र माता पार्वती स्वरुप गौरापर्वमा गरिने व्रतबाट सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरुमा अटल विश्वास रहेको पाईन्छ भने गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि बिशेष गरि मनाईन्छ ।

सुदूरपश्चिमबासीको जनजीवन र सांस्कृतिक सम्पदाको रुपमा रहेको यो चाडमा परम्परा देखि चलीआएका फाग ,अठवाली ,पुरुषहरुको चैत धुमारी का साथै डेउडा खेलेर बिबिध कार्यक्रका साथ आयोजना गरि भाद्र शुक्ल पञ्चमी अर्थात भाद्र १६ गते देखि शुरु हुँदै छ ।