१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णालीमा भ्रमण खर्चमा क्रमश बृद्धि


130
Shares

कर्णाली । कर्णाली प्रदेश सरकारका पदाधिकारीको भ्रमण खर्चमा आर्थिक वर्ष २०७८/७९ मा अस्वाभाविक रुपमा वृद्धि भएको छ ।

अघिल्ला तीन आर्थिक वर्षको तुलनामा योे आर्थिक वर्षमा भ्रमण खर्चमा तीन गुणा वृद्धि भएको पाइएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार प्रदेश सरकारका मन्त्रीहरूले २०७४ साल फागुन महिनादेखि २०७८ असार मसान्तसम्म भ्रमण खर्च बापत एक करोड ३६ लाख ४३ हजार ४३४ रुपैयाँ खर्च गरेका थिए । तर, आर्थिक वर्ष २०७८/७९ मा ४ करोड ६२ लाख ९३ हजार ७७२ रुपैयाँ भ्रमण शीर्षकमा खर्च भएको छ ।

प्रदेश सरकार गठन भएको पहिलो वर्ष २०७४ फागुन महिना देखि २०७५ असार मसान्तसम्म अर्थात् पाँच महिनाको अवधिमा ६ लाख २ हजार २ सय रुपैयाँ भ्रमण खर्चमा सकिएको थियो ।

यस्तै, २०७५ साउनदेखि २०७६ असार मसान्तसम्मको अवधिमा भ्रमण खर्च बापत ३५ लाख ३ हजार १४ रुपैयाँ खर्च भएको थियो भने आर्थिक वर्ष २०७६/२०७७ मा ३७ लाख ६६ हजार ५६ रुपैयाँ र आर्थिक वर्ष २०७७/२०७८ मा ५७ लाख ७२ हजार १९४ रुपैयाँ भ्रमण खर्चमा सकिएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा भने ४ करोड ६२ लाख ९३ हजार ७७२ रुपैयाँ भ्रमण खर्चमा सकिएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जसमध्ये मुख्यमन्त्री, मन्त्रीहरूको भ्रमण खर्चमा ३ करोड ९४ लाख २१ हजार ११५ रुपैयाँ र विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्च शीर्षकमा ६८ लाख ७२ हजार ६५७ रुपैयाँ खर्च भएको छ ।