
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ ।
एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो ।
गत वर्ष नेकपा (एमाले)बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ ९ गते समाजवादीले पार्टी दर्ता प्रमाणपत्र पाएको थियो । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बुधबार पार्टी पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिनुभयो ।
उहााले पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको भन्दै २ लाख बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आवद्ध भइसकेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्