१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बंगुरका पाठापाठी नबिक्दा किसान चिन्तित


1.222k
Shares

तेह्रथुम । बंगुरका पाठापाठी बिक्री नभएपछि तेह्रथुमका बंगुरपालक किसान समस्या परेका छन् । बंगुरपालनबाट राम्रो आम्दानी लिँदै आएका किसानहरु आफूले उत्पादन गरेको पाठापाठी बिक्री नहुँदा समस्या परेका हुन् ।

गत वर्ष ४ हजार सम्ममा बिक्री हुँदै आएको बंगुरको पाठा अहिले १५ सयमा पनि बिक्री नहुँदा मारमा पर्दै आएको किसान माया लिम्बुले बताउनुभयो ।

किसानहरुले एक सिजनमा बंगुरका पाठापाठी बिक्रीबाट मात्रै ३० देखि ४० हजार सम्म आम्दानी लिँदै आएका थिए ।

स्थानीय तथा जिल्ला बाहिरको बजारहरुमा मुल्यमा ६ महिना यता गिरावट आएपछि किसानहरुले उत्पादन गरेको पाठापाठी बिक्री नै भएका छैनन् । गाउँका किसानको आम्दानीको श्रोत नै बंगुरपालन भएकोले पाठापाठी बिक्री नहुँदा आर्थिक संकट हुने गरेको किसानहरु बताउँछन् ।

जिल्लामा पछिल्लो समय बंगुर पालनलाई व्यवसायिक बनाउँदै आएका युवाहरुको व्यवसाय नै धराशायी बन्दै गएको छ ।