२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिन्धुलीमा सामूहिक दरको लहर बढ्दो


130
Shares

सिन्धुली । हिन्दू महिलाहरुको महान चाड तिज पर्व नजिकिँदै जाँदा सिन्धुलीका सामुदायिक तथा निजी विद्यालयहरु, संघ संस्था एवं सहकारीहरुले तिजको अवसरमा सामुहिक दर कार्यक्रमको आयोजन गर्न थालेका छन् ।

जिल्लाको सदरमुकाम सिन्धुलीमाडी लगायतका आसपासका बजारका क्षेत्रमा आयोजना हुने त्यस्ता सामुहिक दर खाने/खुवाउने कार्यक्रमहरुमा महिलाहरु सहभागी भै दर खाने र सामुहिक रुपमा नाच गानको आयोजन गर्ने प्रचलन समेत बढेर गएको छ ।

तडक भडकभन्दा रितिरिवाजलाई जोगाउन महिलाको साझा पर्व हरितालिका तीजलाई राष्ट्रिय महिला दिवसको रूपमा घोषणा गरेर मनाउने व्यवस्था गरी सामाजिक विकृति र विसंगति टाढै राख्नु पर्ने यहाँका महिलाले औल्याएका छन् ।