
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत संरचनाहरु हटाउने अभियानलाई तीव्रता दिनुभएका मेयर बालेन्द्र शाहले आक्रोश व्यक्त गर्नुभएको छ ।
बिहीबार बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर शाह आक्रोशित हुनुभएको हो ।
त्यसक्रममा मेयर शाहले त्यहाँ अनधिकृत रुपमा संचालनमा ल्याइएको फार्मेसी बन्द गर्न निर्देशन दिएलगत्तै कम्प्लेक्सका निर्देशक शर्माले ‘सरकारसँग अनुमति लिएर आफूले सो संरचना बनाइएको’ जिकीर गर्नुभयो । त्यसपछि मेयर शाहले नक्सा देखाउन शर्मासँग आग्रह गर्नुभयो । हजुरसँग हुनुपर्ने निर्देशक शर्माको जवाफ थियो । त्यसपछि मेयर शाहले ‘तपाईको घरको नक्सा अरुसँग हुन्छ ? भन्दै आक्रोशित हुनुभयो ।
अनधिकृत रुपमा बनाइएका संरचनाहरु खाली गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो । तर, त्यो सूचनाको अवज्ञा भएपछि मेयर शाहले आफ्नै नेतृत्वमा त्यस्ता अनधिकृत रुपमा बनाइएको भौतिक संरचनाहरु हटाउने काम सुरु गर्नु भएको हो ।
मेयर शाहले अनुमतिविना संचालनमा आएका संरचनाहरु हटाउनका लागि काठमाडौं महानगरका कर्मचारी, सुरक्षाकर्मी र ट्राफिक प्रहरी समेत परिचालन गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्