१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालको एक मात्र होमियोप्याथिक अस्पताल, प्रचार प्रसारको अभावले ओझेलमा


1.105k
Shares

काठमाडौं  ।  नेपालको एक मात्र होमियोप्याथिक अस्पताल पशुपति होमियोप्याथिक चिकित्सालय संरक्षण र प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको छ ।

चिकित्सा तथा औषधि सेवा निशुल्क भएपनि अस्पतालमा पहिले जस्तो चाँप देखिदैन । नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्र सबैभन्दा महङ्गो क्षेत्र हो । बर्सेनि स्वास्थ्य क्षेत्रमा सरकारले ठुलो रकम खर्चेको हुन्छ । त्यसका साथै नागरिकले पनि स्वास्थको लागि रकम धेरै रकम खर्चने गरेका हुन्छन् । तर नेपाल सरकारको स्वामित्वमा रहेको पशुपति होमियोप्याथिक अस्पतालमा नागरिको खासै चासो देखिएको पाँईदैन ।

अस्पतालले आफ्ना सम्पूर्ण सेवा निशुल्क गरेपनि अन्य अस्पतालको तुलनामा होमियोप्याथिक अस्पतालमा जाने विरामीको संख्या न्युन रहेको छ । विसं २०१० मा पशुपति क्षेत्रमा स्थापना भएको अस्पताल २०४२ सालमा हरिहरभवनमा स्थानान्तरण गरिएको थियो । पशुपति क्षेत्रमै सञ्चालन हुँदा अस्पतालमा दैनिक ५०० भन्दा बढी बिरामी आउँने गर्दथे ।

त्यसपछि पनि नेपालमा कोरोना संक्रमण देखिनु भन्दा पहिले दैनिक ३ सय भन्दा बढी विरामी आउने अस्पतालमा हाल डेढ सय विरामी आउन पनि मुस्कील हुने गरेको छ ।

तिन जना चिकित्सक सहित जम्मा २० जना कर्मचारीले अस्पताल सञ्चालन भैरहेको छ । अस्पतालले पनि ६ सैयाको वार्ड संचालन गर्ने, ल्याव, फिजियोथेरापी गर्ने तयारि गरेको छ । जसकालागि स्वास्थ्य मन्त्रालयसंग जनशक्ति माग गरेको पशुपति होमियोप्याथिकका प्रमुख डाक्टर प्रेमनारायण श्रिवास्तवले जानकारी दिनुभएको छ ।

प्राय जसो मुसा लगाएतका छालाको रोगका विरामीहरु आउने चिकित्सालयमा हाल रुघाँ खोकी, ज्वरो, ग्याट्रिक, नसाको रोग तथा पायल्स, फिस्टुला लगाएकतका विरामीहरु पनि आउने गरेको चिकित्सक बताउँछन् ।

बर्षौ देखि अस्पतालको सेवा लिरहेको विरामीहरु पनि अस्पतालको सेवा देखि सन्तुष्ट देखिन्छन् । उपचार पद्धति अली लामो हुने भएकाले पनि अस्पतालमा धेरै पुरानो विरामी हरु आउने गरेका छन् भने नयाँ विरामीहरु पनि आउने गरेका छन् ।

होमियोप्याथिक पद्धतिबाट उपचार गर्ने देशभर एकमात्र सरकारी चिकित्सालय पशुपति होमियोप्याथिक चिकित्सालय भएकाले स्वास्थ्य शिविरको समेत माग बढ्ने गरेको छ । चिकित्सालयले समय समयमा स्वास्थ्य शिविर गरेपनि जनशक्तिको अभावमा समस्या परेको छ ।

देशका सातै प्रदेशमा अस्पतालले साखा खोल्ने तयारि गरेपनि प्रदेश १ मा मात्र अस्पतालले साखा खोल्न सकेको छ । अस्पतालको साखा विस्तार सहित संरक्षण र सेवा प्रवाह राम्रो र प्रचार प्रसार गरे नागरिकलाई अझ सजिलो हुने थियो ।