
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५४ जनाको नमूना परीक्षण गरिएको थियो ।
१ हजार ९ सय ९६ जनाको पीसीआर र २ हजार ९ सय ५८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार ३ सय ७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार १ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्