
काठमाडौं । चिनियाँ वन वेल्ट वन रोड (बीआरआई) अन्तर्गत नेपालमा तोफु उत्पादन सुरु भएको छ ।
एल डी नेपाल इन्टरनेसनल फुड कम्पनीले ललितपुरको गोदावरीमा रहेको कारखानाबाट तोफु उत्पादन सुरु गरेको हो ।
६४ वर्षिय चिनियाँ नागरिक ली सुन्तले संचालन गरेको कारखानाबाट ६ स्वादका १२ प्रकारका तोफु उत्पादन हुन्छ ।
चाँडै नै यी उत्पादन स्थानीय बजारका साथै अन्तर्राष्टिय बजारमा समेत लैजानै तयारी भएको लीले बताउनुभयो । तोफु उत्पादन र प्याकिंग अन्तर्राष्टियस्तरको रहेको कंम्पनीले जनाएको छ ।
विआरआई अन्तर्गत यस तोफु उत्पादन कम्पनीमा चिनियाँ सिचुवान प्रान्तको कम्पनीको लगानी तथा प्राविधिक सहयोग रहेको छ ।
प्रतिक्रिया दिनुहोस्