२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पुरुष क्रिकेट प्रतियोगिता काठमाडौंमा हुने निश्चित


13
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता काठमाडौंमा हुने निश्चित भएको बताएका छन ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताएका हुन् । नवौं रािष्ट्रय खेलकुद प्रतियोगिता शुरु हुन अब ५० दिनमात्र बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हालसम्मको तयारीको विवरण सार्वजनिक गरेको छ । असोज २३ गतेबाट मंसिर २ गतेसम्म क्यानले नेपाल टी–ट्वान्टी लिग आयोजना गर्न लागेका कारण पुरुष क्रिकेट प्रतियोगिता काठमाडौंमा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ बजेट माग गरिएकोमा पहिलो चरणमा १० करोड बजेट प्राप्त भएको जानकारी दिए । नवौं राष्ट्रिय खेलकुदका लागि ३९३ स्वर्ण, ३९३ रजत र ६ सय काश्य पदकका लागि प्रतिष्पर्धा हुँदैछ । राखेपले गण्डकीका आठ जिल्लामा प्रतियोगिता गराउने तयारी गरेको छ । यस्तै, राखेपले पहिलो चरणमा ४० दिनको प्रशिक्षणपछि स्थगित गरेको एशियन गेम्सको तयारी नवौं राष्ट्रिय खेलकुद लगत्तै हुने जनाएको छ ।