
काठमाडौं । मिस ग्राण्ड नेपाल २०२२ को १० औं संस्करण हुने भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले १० औं संस्करण हुने जानकारी दिएको हो ।
सन् २०१३ देखि हुँदै आएको प्रतियोगिता यो दशौं संस्करण हो । यसपटक भने कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । यस पटकको मिस ग्राण्ड नेपाल हिंसा र युद्ध रोकौँ भन्ने मुल नारासहित सञ्चालन हुँदै छ ।
सहभागी हुन चाहनेले भदौ ११ गतेबाट अडिसन दिनुपर्ने र १३ गते छनोट हुने आयोजकले बताएको छ । १४ गते ओरिन्टियसन गराइने र भदौ २५ गतेकाठमाडौंस्थित एक होटलमा ग्राण्ड फिनाले हुने जनाएके छ । प्रतियोगितामा सहभागी युवतीहरु १८ देखि २८ वर्ष उमेर समूहको हुनुपर्ने र यसमा देशभरका युवतीहरु सहभागी बन्न पाउनेछन् । सहभागी युवतीको उचाई ५ः४ इन्च हुनुपर्नेछ ।
पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अनुपविक्रम साहीले प्रतियोगिताको निष्पक्ष निर्णय गर्ने बताउनुभयो । त्यस्तै, ¥यापर आशिष राना (लाहुरे) ले गीत गाइरहेको भएपनि अब नयाँ क्षेत्रमा प्रवेश गरेर उत्कृष्टता प्रदान गर्ने लक्ष्य लिएको बताउनुभयो ।
मिस ग्राण्डमा प्रथम हुने युवतीले इण्डोनेशियाको बाली र जाकार्तामा हुने कार्यक्रममा अक्टोबर ४ देखि २५ सम्म सहभागी बन्न पाउनेछन् । युवतीको शैक्षिक योग्यता प्ल्स टू पास हुनुपर्ने छ । प्रतियोगिताले युवतीहरुको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्