
काठमाडौं । ‘मिस यूनिभर्स नेपाल-२०२२’ को उपाधि सोफिया भुजेलले जितेकी छन् । १९ प्रतियोगीलाई पछि पर्दै सोफियाले उपाधि जितेकी हुन् ।
यस्तै, बिपना अधिकारी फस्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप घोषित भए ।
सोफियालाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता सुजिता बस्नेतले ताज पहिराएकी थिइन् । विजयी भएसँगै सोफियाले १० लाख रुपैयाँ र अन्य उपहारका साथै हिराजडित ताज प्राप्त गरिन् ।
काठमाडौंको होटल याक एन्ड यतिमा बिहीबार सम्पन्न फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो ।
मिस यूनिभर्स नेपालको विजेताले अब मिस युनिभर्समा सहभागीको अवसर पाउने छिन ।
मिस युनिभर्स नेपालको अफिसियल मिडिया इमेज च्यानल रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्