१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रजातान्त्रिक आन्दोनलमा योगदान पुर्‍याउनेलाई सम्मान


117
Shares

काठमाडौं । प्रजातान्त्रिक विचार समाजले प्रजातान्त्रिक आन्दोनलमा योगदान पुर्‍याउने दुई व्यक्तित्वलाई सम्मान गरेको छ ।

प्रजातान्त्रिक विचार समाजले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रमको आयोजना गर्दै कमल चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान २०७८ बाट सम्मान गरेको हो । त्यस्तै होमनाथ दाहाललाई लोकतान्त्रिक योद्धा सम्मान २०७९ बाट सम्मान गरिएको छ ।

दुवै जनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्रका साथमा सम्मान गर्नुभयो । चित्रकार स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसकेपछि उहाँकी धर्मपत्नी गंगा चित्रकारले सम्मानपत्र बुझ्नुभएको थियो ।

दुवैजनाले मुलुकको प्रजातान्त्रिक आन्दोलन र सामाजिक रुपान्तरणमा योगदान पु¥याउनुभएकाले सम्मान गरिएको समाजले जनाएको छ ।