१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अक्षयकोषको छात्रवृत्तिबाट विद्यार्थीलाई पोशाक वितरण


13
Shares

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित शहिद नरनाथ आधारभूत विद्यालयको आयोजनाका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।

विद्यालयमा रहेको साझा अक्षयकोषको छात्रवृत्तिबाट ६५ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । बालबालिकालाइ पोशाक वितरण गर्दै गाउँपालिका उपाध्यक्ष विना राईले शिक्षक र अभिभावकको सक्रियताले सामूदायिक विद्यालयको गुणस्तर उकास्न सकिने बताउनुभयो । प्रविधिमैत्री सिकाइबाट सजिलो प्रकारले सिकाई उपलब्धि हासिल गर्न सकिने उहाँको भनाई थियो ।

नयाँ पोशाक पाएपछि विद्यार्थीहरु खुशी भएका छन् । त्यसअवसरमा विद्यलाय रहेको वडाका अध्यक्ष सिताराम भट्टराईले वडाको तहबाट विद्यालयको शैक्षिक तथा भौतिक बिकासका कार्यमा विनियोजन भएका स्रोतको सदूपयोगमा सचेत रहेको र सामूदायिक विद्यालयको गुणस्तर उकास्न वडापालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

गाउँपालिकाका शिक्षा शाखा संयोजक माधबमणि ढुङ्गानाले सिकाई उपलब्धि सुधारमा अभिभावक र शिक्षकको भूमिका उत्तिकै हुने बताउनुभयो । उक्त विद्यालयलाई सोलुखुम्बुको शैक्षिक क्षेत्रमा काम गर्ने रीड नेपालले नमुना विद्यालय घोषणा गरेर सहयोग गर्दै आएको छ ।