
एजेन्सी । नाइजेरियामा आतंकवाद विरुद्धको कारबाहीमा कम्तीमा ५७ जना अतिवादी हतियारधारी मारिएका छन् ।
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा गत सातादेखि जारी कारबाहीमा परी ५७ जना हतियारधारी मारिएका हुन् ।
नाइजेरियाका दुई उत्तरपूर्वी प्रान्त बोर्नाे र योबेमा कारबाही चलेको छ ।
सोही क्रममा अतिवादी हतियारधारीले नाइजेरियाली सेनामाथि आक्रमण गर्दा केही नाइजेरियाली सेना समेत मरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्